नेपाल पर्यटन बोर्डका अनुसार जुलाई महिनामा ७१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्।
गत वर्षको सोही अवधिको तुलनामा पर्यटक आगमन करिब २.३ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ।
भारत, चीन, अमेरिका, बेलायत र बंगलादेशबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन्। पर्यटन व्यवसायीहरूले आगामी शरद ऋतुमा पर्यटक संख्या अझ बढ्ने अपेक्षा गरेका छन्।.jpg)
Post a Comment