बजेट छलफल: शिक्षा र खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता, २१८ अर्ब बजेट सुरक्षित
राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ। आगामी आर्थिक वर्षका लागि यस क्षेत्रमा कुल बजेटको १०.२८ प्रतिशत अर्थात् २१८.३० अरब रुपैयाँ विनियोजन गरिएको छ, जसबाट सामुदायिक विद्यालयहरूमा स्मार्ट बोर्ड र डिजिटल लर्निङलाई जोड दिइनेछ।
Post a Comment