नेपाल र एडीबीबीच १६५ मिलियन डलर (२५ अर्ब रुपैयाँभन्दा बढी) को सम्झौता
एडीबीका अध्यक्षको नेपाल भ्रमणकै पहिलो दिन अर्थ मन्त्रालय र एसियाली विकास बैंकबीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। यस रकममध्ये ११५ मिलियन डलर एकीकृत खानेपानी तथा ढल व्यवस्थापन र ५० मिलियन डलर भन्सार आधुनिकीकरण तथा व्यापार सहजीकरणमा खर्च गरिनेछ।
Post a Comment